अन्टारियो । क्यानडाको अन्टारियो प्रान्तमा निर्मित ‘सगरमाथा पार्क’को औपचारिक रुपमा उद्घाटन गरिएको छ । उक्त पार्कको ब्राम्पटन सिटीका मेयर प्याट्रिक ब्राउनसँगै नेपाली समुदायको बाक्लो सहभागितामा पार्क उद्घाटन गरिएको हो ।
केहि समय अघि फ्लावर सिटीको रूपमा परिचित शहर ब्राम्प्टनको चेरीट्री ड्राइभमा अवस्थित उक्त पार्कलाई सगरमाथा पार्क नामाकरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित नेपालीहरुले क्यानाडाको सार्वजनिक स्थललाई नेपालसँग जोड्न पाउनु ठुलो उपलब्धि भएको बताएका थिए ।