काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत सार्बजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको दिएका छन् ।
समितिका अनुसार नेपालमा कार्तिक ७ बिहान ११ बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको छ । यसैगरी भारतको देहलीमा २४ अक्टोबरको दिन बिहान १०ः५५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । क्यानडामा २३ अक्टोबरमा परेको बडा दशैँको उत्तम साइत टोरन्टोमा बिहान ११ः१७ बजे र भ्यानकुभर ११ः३५ बजे रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत :