काठमाडौँ । सांगीतिक ब्यान्ड नेपथ्यले क्यानडाको टोरन्टोस्थित ‘मेस्सी हल’ मा भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए । यसअघि ब्यान्डले क्यालगरी र भ्यानकुभरमा कार्यक्रम गरेको थियो ।
ब्यान्डले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ गाएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत गरेका थिए ।
कन्सर्टमा गायक अमृत गुरुङलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।