न्यूयोर्क l अमेरिकाकोम न्यूयोर्क शहरमा १४१ पछि सबैभन्दा धेरै वर्षा भएको छ । उक्त वर्षा सेप्टेम्बर १८८२ पछि न्यूयोर्कमा ज्यादै वर्षा भएकोले सडक, राजमार्ग र अधिकांश स्थानमा बाढी आएकोले जनजीवन प्रभावित परेको छ ।
एबिसीन्युजले जनाए अनुसार जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा किर्तिमानी ८:५८ इन्चको वर्षा भएको छ । न्यूयोर्क शहरमा ठूलो बाढीको आएकोले क्षेत्र डुबानमा परेका छन्।
न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया र कनेक्टिकटमा भारी वर्षाको कारण न्यूयोर्क शहरले ठूलो बाढीको सामना गरिरहेको छ। म्यानह्याटन ,ब्रुकलिन, क्वीन्स, ब्रंग्स, स्टेटन आइल्याण्ड र लङ आइल्याण्डमा गत शुक्रबार बाढीको चेतावनी जारी गरिएको थियो।
सबैभन्दा गम्भीर बाढी ब्रुकलिनमा परेको छ जसमा गत २४ घण्टामा ७ इन्च भन्दा बढी वर्षा भएको छ। न्यूयोर्कका गभर्नर क्याथी होचुल र न्यु जर्सीका गभर्नर फिल मर्फीले आपतकालीन अवस्था घोषणा गरेका छन्।
वर्षा दर शुक्रबार बिहान ब्रुकलिनमा २ इन्च प्रति घण्टा नाघेको छ ।