काठमाडौँ l गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आसन्न ११ अेों महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाले उमेद्वारी घोषणा गरेकी हुन् । हाल थापा एनआरएनए आईसीसीको तीन मध्ये एक अध्यक्ष हुन् । १० अेों महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले भागबण्डा मिलाएर अध्यक्षको रुपमा काम गर्ने सहमति गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै थापाले, एनआरएनए ग्लोबल फण्डको महत्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छन् । म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ, थापाले भनिन् “जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।” एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उनले बताइन् ।
आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको भएको भन्दै गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म), अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको (३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको बताईन् ।